यस केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रमा स्वागत छ

नेपालमा मत्स्यपालनको इतिहास करिव सात दशक भन्दा लामो छ। जलस्रोतको लागि प्रचुर सम्भावना भएको हाम्रो देशमा विगत लामो समयदेखि मत्स्यपालन कार्य गरिदै आएको एउटा सफल कृषि कार्य हो । भौगोलिक विविधता र हावापानीको विशिष्टता अनुसार विगत केही दशक यता मत्स्यपालन नेपालको एक मुख्य कृषि कार्यको रुपमा विकसित हुँदै आएको छ । अझै पनि हाम्रो देशमा केही मात्रामा माछामासुको आयात भइरहेको छ। देशको भौगोलिक अवस्था अनुसार मत्स्यपालनका लागि उपयुक्त र सम्भाव्य स्थानहरुको पहिचान गरी चिसो र न्यानो पानीमा फस्टाउन सक्ने माछापालनको व्यवसायिक रूपमा विकास र विस्तार गर्न जरुरी देखिएको छ। मत्स्यपालन ब्यवसायलाई खाद्य पोषण सुरक्षाको दृष्टिले मात्र नभई पर्यटनरोजगारीआयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जनका हिसावले पनि एउटा आधारशिलाको रुपमा लिन सकिन्छ।

कृषि,जलस्रोत र पर्यटन नेपालको विकासका लागि महत्वपूर्ण योगदान पुर्या्उन सक्ने प्रमुख आर्थिक क्षेत्रहरु हुन्। कूल गार्हस्थ उत्पादनमा एक चौथाई योगदान र दुई तिहाइ जनताको जिवीकोपार्जनको मुख्य आधार रहेकोले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। कृषिका विभिन्न उपक्षेत्रहरु मध्ये मत्स्यपालन, बालीफलफुल र पशुपन्छी मध्ये मत्स्यपालनले एक गतिशील र उदीयमान उपक्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ। सानो संरचना एवं कम जनशक्ति भए पनि मत्स्य विषेशज्ञ,वैज्ञानिकप्राविधिक र कृषक व्यवसायीहरुको अथक प्रयासबाट हाल वार्षिक रुपमा  १,०८,३८५ मेट्रिकटन माछा उत्पादन भइरहेको छ। मत्स्य उपक्षेत्रले कुल गार्हस्थ उत्पादनमा ०.४४ प्रतिशत र कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा १.८३ प्रतिशतले योगदान पुर्याउन सफल भएको छ। विगत दश वर्षमा मत्स्य उपक्षेत्रको बृद्धिदर दोहोरो अङ्कमा रहेकोले कृषिका विभिन्न पेशा मध्ये मत्स्यपालन व्यवसाय एक आकर्षक पेशाको रुपमा स्थापित भएको छ । गरिबी न्यूनीकरण र पोषण सुधारमा  महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखेर नेपाल सरकारले मत्स्य विकासका लागि कार्यक्रम तथा बजेटमा क्रमशः बृद्धि गरिरहेको अवस्था छ। विगतको तुलनामा नेपालको मत्स्य विकासले उल्लेखनीय फड्को मारेको छ। मत्स्यपालन ब्यवसाय प्रति कृषक व्यवसायीहरुको आकर्षण बढ्दै गइ रहेको छ तर प्राविधिक सेवा प्रवाह र अनुदान सहयोगको क्षेत्रमा यसलाई ब्यापक रुपमा विस्तार गर्न सकिएको छैन। नेपालको भौगोलिक विविधता अनुसार न्यानो पानीमा कार्प माछापालन र चीसो पानीमा ट्राउट माछापालन भइरहेको छ। तराईभित्रि मधेश र मध्य पहाडमा कार्प माछा तथा मध्य पहाडको माथिल्लो क्षेत्र र उच्च पहाडको तल्लो क्षेत्रमा ट्राउट माछापालन ब्यापक रुपमा विस्तार भइ रहेको छ। त्यसै गरी उच्च मूल्यको ट्राउट माछापालन तर्फ करिव ३८ जिल्लाका २४० जना कृषकहरुले ५ हेक्टर जलाशयमा ट्राउट माछापालन गरी करिव ७४७ मेट्रिकटन माछा उत्पादन गरी रहेका छन् । समग्रमा मत्स्यपालन र ब्यवस्थापनको कार्यबाट करिव १,४३,२४१ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

नेपाल जलस्रोतको दृष्टिकोणले धनी राष्ट्रको रुपमा परिचित छ। यहाँ अनेक प्रकारका जल सम्पदाहरु रहेकाछन्। यहाँ झरनाखोलानदीतालतलैयाघोलसिमसाररिजरभ्वायर,रामसार र अनेक साना ठूला पानीका मुहानहरु अवस्थित छन्। नेपालमा नदी ३९५०००,ताल ५०००,रिजरभ्वायर १५००पोखरी ११८९५सिंचाइका नहर-कुलो ३१६०सडक छेउका जलाशय २६२सिमसार तथा घोल १२५०० र सिंचित धानखेत ३९८००० हेक्टर आदि गरीकुल ८,२७,३१७ हेक्टर जलाशय क्षेत्रफल रहेको छ। नेपालका सम्पूर्ण प्राकृतिक जलाशयहरुको जलभण्डार क्षमता करिव २ लाख २ हजार मिलियन क्युबिक मीटर रहेको छ। विभिन्न प्रकारका कृत्रिम र प्राकृतिक जलाशयहरुमा अनेक जाति प्रजातिका माछाहरु र विभिन्न प्रकारका जलीय जीवहरु समेत पाइन्छन्।

यहाँका जलाशयहरुमा स्थानीय जातका माछाहरु बारे विभिन्न समयमा गरिएका अध्ययनको आधारमा १८५ प्रजातिका माछा (डा. जीवन श्रेष्ठ १९९५-२००१), २१७ प्रजाति (डा. जीवन श्रेष्ठ २००८), १९१ प्रजाति (डा. शर्मा २००८) र २३० प्रजातिका (कृष्णगोपाल राजबंशी २०१३) स्थानीय जातका माछाहरु पाइन्छन् भनिएको छ । यसका अतिरिक्त अझै पनि पहिचान हुन बाँकी केही प्रजाति रहेको अनुमान गर्न सकिन्छ। साथै एक अन्तर्राष्ट्रिय संस्था FISH BASE का अनुसार नेपालमा २५२ प्रजातिका स्थानीय माछाहरु अस्तित्वमा रहेको उल्लेख छ। विभिन्न प्रकारका जलाशयमा पाइने माछा एवं जलीय जीवहरुले प्राकृतिक जलाशयको वातावरण र जलीय जैविक विविधता कायमगर्न मद्दत पुर्याइ रहेका छन् ।यस्ता जल सम्पदाहरुलाई मत्स्यपालन कार्यमा उपयोग गर्न सकेमा रोजगारी सिर्जनागरिबी निवारण र थप आर्जन गर्न सकिने प्रसस्त सम्भावना रहेको छ।

पहिले कृषि विभाग अन्तर्गत रहेको मत्स्य विकासको संगठन संरचना हाल आएर पशु सेवा विभाग अन्तर्गत समायोजन भएको छ  र यसभन्दा अगाडि कृषि विभाग अन्तर्गत मत्स्य विकास निर्देशनालयको मातहतमा १२ वटा निकायहरुर हेकोमा हाल सङ्घीयप्रादेशिक र स्थानीय तहको संगठन संरचान अनुसार सङ्घीय कृषि तथा पशु पन्छी विकास मन्त्रालयपशु सेवा विभागको मातहत रहने गरी केन्द्रीय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रस्थापना भएको छ। यस केन्द्रीय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र अन्तर्गत मत्स्य मानव संशाधन विकास तथा प्रविधि परिक्षण केन्द्रजनकपुरधनुषाप्राकृतिक जलासय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रहेटौंडामकवानपुर र मत्स्य शुद्ध नस्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रभैरहवारुपन्देहीगरी तीनवटा मत्स्य विकासका निकायहरुको स्थापना गरी काम भइरहेकोछ।

यसका अतिरिक्त पहिलेका जिल्ला कृषि विकास कार्यालयमा रहेको मत्स्य विकास तर्फको संगठन र जनशक्तिलाई प्रादेशिक निकायहरुको रुपमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट कृषक ब्यवसायीहरुलाई आवश्यक सेवाप्रदान गर्ने ब्यवस्था मिलाइएको छ। साथै मत्स्य विकासको लागि करिव १९१ जना मत्स्य अधिकृत र प्राविधिक जनशक्तिहरु मत्स्य विकास र प्रसार सेवामा तथा नेपाल कृषि अनुसन्धान् परिषद् अन्तर्गत ५४ जना वैज्ञानिक र प्राविधिकहरुमत्स्य अनुसन्धानमा क्रियाशील रहेका छन्जुन आजको मत्स्य विकासको गति अनुरुप पर्याप्त छैन।

केन्द्रीय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रबालाजुकाठमाडौंकेन्द्रीय मत्स्य भवनमाछापोखरीबालाजुमा अवस्थित रहेको छ। यस केन्द्रबाट कृषक ब्यवसायीहरुले आवश्यक सेवाटेवा समेत लिन सक्ने ब्यवस्था मिलाइएको छ। मत्स्य क्षेत्रको थप विकास र विस्तारका लागि यो सङ्घीय निकाय सधै क्रियाशील रहने र आफ्ना मातहतका निकायहरुलाई पनि सशक्त बनाउने प्रतिबद्धता ब्यक्त गर्दछ।